जुम्लामा ज्ञानेन्द्र शाही विजयी, रास्वपाकी विनिताले पाइन् ४२१ मत

No ads found for this position
No ads found for this position

काठमाडौं । प्रतिनिधि सभा सदस्यमा जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र शाही विजय भएका छन् ।

शनिबार सम्पन्न मतगणनाअनुसार शाही १४ हजार ८१६ मतसहित विजय भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपाका नरेश भण्डारीले ११ हजार ६३५ मत प्राप्त गरेका थिए । यस्तै,कांग्रेसका दिपबहादुर शाहीले ७ हजार १४३ मत पाउँदा एमालेका शान्तिलाल महत ४ हजार ५१८ मत प्राप्त गरे ।

देशभर रास्वपाका उम्मेदवारको विजयी लहर हुँदा जुम्लामा भने रास्वपाका विनिता कठायतले जम्मा ४२१ मत मात्र ल्याएकी छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *