धनकुटामा एमालेका राजेन्द्र राई ३९ सय बढी मतले अघि

No ads found for this position
No ads found for this position

धनकुटा । धनकुटामा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले मत अन्तर बढाउँदै गएका छन्। राईले श्रम संस्कृति पार्टीका सान बहादुर राईलाई उछिन्दै अग्रता कायम गरेका हुन्।

पछिल्लो मत परिणाम अनुसार एमालेका राईले ११ हजार ६ सय ३६  मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका सान बहादुर राईले ७ हजार ७ सय १६ मत पाएका छन्। नेपाली कांग्रेसका दिनेश राई ७ हजार १ सय २२ मत सहित तेस्रो स्थानमा छन्।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारीले ६ हजार ६ सय १३ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका धर्मा राज पौडेलले १ हजार ३ सय ६ मत पाएका छन्।

धनकुटाबाट एमालेका राजेन्द्र कुमार राई दुई पटक निर्वाचित भइसकेका छन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *