धनकुटामा एमालेका राईले लिए अग्रता
No ads found for this position
No ads found for this position
धनकुटा । धनकुटामा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले अग्रता लिएका छन्। राईले श्रम संस्कृति पार्टीका सान बहादुर राईलाई उछिन्दै अग्रता कायम गरेका हुन्।
पछिल्लो मतपरिणाम अनुसार एमालेका राईले ९ हजार ९५४ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका सान बहादुर राईले ७ हजार १९१ मत पाएका छन्। नेपाली कांग्रेसका दिनेश राई ६ हजार १०७ मत सहित तेस्रो स्थानमा छन्।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारीले ५ हजार १९१ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका धर्मा राज पौडेलले १ हजार १४५ मत पाएका छन्।
धनकुटाबाट एमालेका राजेन्द्र कुमार राई दुई पटक निर्वाचित भइसकेका छन्।
प्रतिक्रिया


