ललितपुर- २ मा रास्वपाका जगदीश खरेल विजयी

No ads found for this position
No ads found for this position

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेल विजयी भएका छन्।

खरेलले ११ हजार ५४७ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रेमकृष्ण महर्जनले १ हजार ५२१ मत प्राप्त गरेका छन्।

त्यस्तै नेकपा (एमाले)का उम्मेदवार प्रेमबहादुर महर्जनले एक हजार १३६ मत प्राप्त गरेका छन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *