राष्ट्रपति र उपराष्ट्रपतिले किन भोट हाल्दैनन् ?

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपालको संवैधानिक संरचनाअनुसार राष्ट्रपति र उपराष्ट्रपति सामान्यतया आम निर्वाचन (प्रतिनिधिसभा वा प्रदेश सभा) मा मतदान प्रक्रियामा सहभागी हुँदैनन् ।

दलीय राजनीतिभन्दा माथि रहने संवैधानिक पद भएकाले निष्पक्षता र पदको गरिमा कायम राख्न उनीहरू सक्रिय राजनीतिक प्रक्रियाबाट टाढा रहने परम्परा रहेको छ ।

संविधानअनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन भने प्रत्यक्ष जनमतबाट नभई निर्वाचक मण्डलमार्फत हुने व्यवस्था छ । यस निर्वाचक मण्डलमा संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरू तथा प्रदेश सभाका सदस्यहरू सहभागी हुन्छन् । उनीहरूले मतदान गरेर राष्ट्रप्रमुख र उप–राष्ट्रप्रमुख चयन गर्छन् ।

नेपालको संविधानको धारा ६७ बमोजिम उपराष्ट्रपतिको व्यवस्था गरिएको छ भने राष्ट्रपति र उपराष्ट्रपतिसम्बन्धी अन्य प्रावधानहरू पनि संविधानमै उल्लेख छन् । मतदाता भन्नाले दफा ३ को उपदफा (३) बमोजिम मतदाता नामावलीमा नाम रहेका व्यक्ति सम्झनुपर्ने कानुनी व्यवस्था छ । त्यस्तै, राष्ट्रपति वा उपराष्ट्रपतिको निर्वाचनका लागि मनोनयन दर्ता गरिएका व्यक्तिलाई उम्मेदवारको रूपमा परिभाषित गरिएको छ ।

निर्वाचन प्रक्रियासम्बन्धी व्यवस्थाअनुसार २०७४ (२) बमोजिम निर्वाचन अधिकृतले निर्वाचनको काम गर्न खटाएको कर्मचारीलाई आवश्यकता अनुसार आफ्नो अधिकार प्रत्यायोजन गर्न सक्ने प्रावधान रहेको छ । संविधानको धारा ७६ (७) अनुसार प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरी छ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्ने अधिकार राष्ट्रपतिलाई रहेको छ । यद्यपि, राष्ट्रपति स्वयं भने आम निर्वाचनमा मतदान नगर्ने परम्परा कायम छ ।

राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने, संघीय संसदको अधिवेशन आह्वान तथा अन्त्य गर्ने लगायतका संवैधानिक जिम्मेवारी निर्वाह गर्ने व्यवस्था छ । यसरी राष्ट्रप्रमुख र उप–राष्ट्रप्रमुखको भूमिका राजनीतिक प्रतिस्पर्धाभन्दा माथि रही संवैधानिक दायित्वमा केन्द्रित हुने प्रावधान रहेको छ ।

सामान्यत, मतदान प्रक्रियामा चाहीं नेपालका कुनैपनि राष्ट्रपति हालसम्म सहभागी भएका छैनन् । प्रथम राष्ट्रपति डा.रामवरण यादव, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी कुनैपनि मतदानमा सहभागी भएको पाइएको छैन । शितल निवास स्रोतका अनुसार यस पटक राष्ट्रपति रामचन्द्र पौडेल पनि मतदानमा सहभागी हुने छैनन् ।

राष्ट्रपति नै मतदानमा सहभागी हुँदा प्रश्न उठ्ने खतरा भएको अर्थात सबैको साझा पदमा रहेको व्यक्तिले दल वा व्यक्ति विशेषलाई मत दिँदा प्रश्न उठ्न सक्ने भएकाले मतदानमा सहभागी नभएका हुन् । तथापी, कुनै पनि कानुनले राष्ट्रपति र उपराष्ट्रपतिले भोट हाल्नु हुँदैन भनेर भनेको छैन ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *