तस्बिरमा हेर्नुस् तराईको होली

No ads found for this position
No ads found for this position

विराटनगर । पूर्वी तराई क्षेत्रमा आज होली पर्व उत्साहका साथ मनाइँदैछ । तर यस वर्ष निर्वाचन नजिकिएकाले विगतजस्तो बाहिरको होहल्ला, भिडभाड र सार्वजनिक जमघट भने देखिएको छैन ।

सुनसरी र मोरङका विभिन्न स्थानमा स्थानीयवासी घरघरमै सीमित भई परिवार तथा आफन्तसँग सद्भाव साटासाट गर्दै होली मनाइरहेका छन् ।

विशेषगरी सुनसरी जिल्ला र मोरङ जिल्लाका सहरी तथा ग्रामीण बस्तीमा युवायुवतीको समूहगत र्‍याली, डिजे र सार्वजनिक कार्यक्रमको चहलपहल यस पटक छैन । बरु उनीहरू घरमै नाचगान गरिरहेका भेटिए ।

निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै प्रशासनले पनि भिडभाड नगर्न आह्वान गरेपछि उत्सव घरभित्रै सीमित बनेको हो ।

बालबालिका, युवायुवती र ज्येष्ठ नागरिकसमेतले अबिर दल्दै, मिठाइ साट्दै र आपसी शुभकामना आदानप्रदान गर्दै पर्व मनाइरहेका छन् ।

कोसी प्रदेशका विभिन्न स्थानमा र चोकहरूमा विगतको जस्तो भीड नदेखिए पनि घर आँगनमा भने रङ र हाँसोको कमी छैन ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *