नयाँ बानेश्वरमा ट्रिपरको ठक्करबाट स्कुटर चालको मृत्यु

No ads found for this position
No ads found for this position

काठमाडौं । नयाँ बानेश्वरमा ट्रिपरको ठक्करबाट स्कुटर चालको मृत्यु भएको छ । सुनसरी इनर्वा-५ स्थायी घर भई भक्तपुर लोकन्थली बस्ने ४८ वर्षीय बद्री कोइरालाको मृत्यु भएको हो ।

आज बिहान ८:४५ बजे मिनभवन सिभिल अस्पताल अगाडि बा २ क ३२२९ नम्बरको फोहर बोक्ने ट्रिपरले प्र ३-००१ ब ९४५ को स्कुटरलाई ठक्कर दिएको थियो ।

उपचारका लागि सिभिल अस्पताल लगिएका घाइते कोइरालालाई ८:५५ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतक कोइराला भक्तपुरस्थीत क्षयरोग केन्द्रका नासु हुन् ।

ट्रिपरका चालक गोर्खा भूमिचोक स्थायी घर भई पेप्सीकोला बस्ने २६ वर्षीय विकास थापा मगर हुन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *