होलीमा नाचगान र रङले सजिएको बसन्तपुर (तस्बिरहरू)

No ads found for this position
No ads found for this position

काठमाडौं । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने होली पर्व सोमबार काठमाडौं उपत्यकासहित पहाडी र हिमाली जिल्लामा हर्षोल्लासका साथ सर्वसाधारणहरू एक आपसमा रङ, अबिर लगाउने र नाच गान गरेर मनाइरहेका छन् ।

विगत वर्ष झैं वसन्तपुरमा होलीको हर्षोल्लास छाएको छ । विशेष गरी युवायुवतीले रौनक थपेका छन् । नेपाल घुम्न आएका विदेशी नागरिक पनि होलीको खुसीमा सँगसँगै रमेका छन् । भिडभाड, नाचगान र रङले वसन्तपुर रङिएको छ । काठमाडौंको वसन्तपुर, ठमेल लगायतका स्थानमा नेपाली मात्रै नभई विदेशी पर्यटकहरू पनि एक आपसमा रङ, अबिर लगाएर नाच गान गरेर होली मनाइरहेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *