सुझबुझका साथ ५ वर्ष कांग्रेसले देश चलाउँछ : गगन थापा

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकलाई स्थिरता, संयम र जिम्मेवारीपूर्ण नेतृत्व आवश्यक रहेको बताएका छन् ।

नेपाली कांग्रेसको विशेष चुनावी आमसभालाई सम्बोधन गर्दै थापाले आगामी पाँच वर्ष सुझबुझका साथ देश सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, ‘कांग्रेसले यो पाँच वर्ष अब सुझबुझका साथ देश चलाउँछ । कांग्रेसले यो पाँच वर्षमा अर्को भाद्र २३ गते निम्तिन दिँदैन । कुनैपनि जनताले गोली खाएर मर्न बाध्य अवस्था गराउन दिने छैनौं ।’

उनले मुलुक जटिल परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै यस्तो अवस्थामा घृणा र उत्तेजनाको भाषाले समस्या समाधान नहुने धारणा राखे । ‘यति ठूलो अप्ठ्यारोमा परेको यो देशलाई सम्हाल्नका निम्ति केवल घृणाको भाषाले हुँदैन, उत्तेजनाको भाषाले हुँदैन,’ उनले भने ।

थापाले नेपाली राजनीति विकृतितर्फ उन्मुख भएको टिप्पणी गर्दै चुनावमा को जित्छ वा हार्छ भन्नेभन्दा देशको भविष्य र राजनीतिक संस्कार महत्वपूर्ण हुने बताए । ‘नेपाली राजनीति एउटा ठूलो विकृति बनेको छ । को जित्छ, के हार्छ चुनावमा त्यो महत्वपूर्ण कुरा होइन,’ उनले स्पष्ट पार्दै भने ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *