मोरङमा उज्यालो नेपालका उम्मेदवार बुढाथोकीको एमालेका ढकाललाई समर्थन
No ads found for this position
No ads found for this position
विराटनगर। कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट मोरङ क्षेत्र नम्बर- ६ का प्रतिनिधिसभाका उम्मेदवार वसन्त बुढाथोकीले नेकपा एमालेका उम्मेदवार विनोद ढकाललाई सहयोग गर्ने भएका छन् ।
उनले पत्रकार सम्मेलन गरी ढकाललाई समर्थन गरेको बताए । मोरङ क्षेत्र नम्बर ६ मा जनताको आवाज सशक्त उठाउन सक्ने उम्मेदवारका रूपमा विनोद ढकाल मात्रै भएकाले आँफूले उम्मेदवारी फिर्ता लिएर ढकाललाई समर्थन गरेको बताए ।
उनले मोरङ क्षेत्र नम्बर ६ बाट पटक-पटक निर्वाचित जनप्रतिनिधिले जनताका आवाज सदनमा नउठाएको र विकास निर्माणको काम नगरेको आरोप लगाए। उनले मोरङ ६ को समग्र हित र स्थिरता र प्रभावकारी प्रतिनिधित्वको लागि ढकाललाई समर्थन गरेको बताए ।
प्रतिक्रिया


