ओलीलाई जिताउन योगेश भट्टराई दमकमा

No ads found for this position
No ads found for this position

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्न एमाले उपमहासचिव योगेशकुमार भट्टराई दमक पुगेका छन् ।

उनले आज पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।

ताप्लेजुङमा एमालेको पालिका स्तरीय अन्तिम चुनावी सभालाई शनिबार अपराह्न फुङलिङमा सम्बोधन गरी भट्टराई ओलीको निर्वाचन क्षेत्र झापा–५ पुगेका हुन् ।

पुगेलगत्तै उनी मतदाताहरुसँग भेटमा सकृय देखिएका छन् । आज कमल गाउँपालिकमा हुने र्याली उद्घाटनका लागि पुग्ने बाताइएको छ ।

ओलीको चुनावी कार्यक्रममा सहभागी भएर भट्टराई फेरि मतदानका लागि गृह जिल्ला फर्कने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *