चुनावी प्रतिस्पर्धामा कसैलाई पनि दुस्मनीको रूपमा नलिऊँ : विश्वप्रकाश शर्मा
No ads found for this position
No ads found for this position
पोखरा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफ्नो पार्टीले देशलाई बदल्न चाहेको बताएका छन् । शुक्रबार पोखरामा आयोजित चुनावी सभामा बोल्दै उनले यस्तो बताएका हुन्।
उपसभापति शर्माले चुनावीमा मैदानमा प्रतिस्पर्धामा रहेका कुनै पनि दलहरूलाई दुस्मनीको रूपमा लिन नहुने बताए। निर्वाचनपछि सबै दलहरूले सत्ता पक्ष र प्रतिपक्षमा रहेर मिलेर देशका लागि काम गर्नुपर्ने भएकाले उनीहरूले निर्वाचनको मैदानमा दुस्मनको व्यवहार गर्न नहुने उनको भनाई थियो ।
शर्माले मुलुकलाई निकास दिने विषयलाई निर्वाचनको बेला बहस विषय बनाउनुपर्नेमा जोड दिए ।
उनले भने, ‘नेपाली कांग्रेस पार्टीले संकल्प गरेको छ–हामी राजनीतिलाई बदल्न चाहन्छौँ । राजनीतिको शैली बदल्न चाहन्छौँ । संस्कारलाई बदल्न चाहन्छौँ । राजनीतिको यो चुनावको मैदानमा हाम्रो लागि कोही पनि दुस्मन छैनन् । आज हामी जो प्रतिस्पर्धामा छौँ । यी दलहरू भोली सत्ता र प्रतिपक्षमा सँगसँगै रहेर काम गर्नुछ । त्यस कारण दलहरूको मञ्चबाट त्यसैले दलहरूको मञ्चबाट गाली होइन, प्रेमलाई सम्प्रेषण गरौँ । निर्वाचनको मैदान दुस्मनीको अखडा होइन । निर्वाचनको मैदान व्यक्तित्व र प्रतिस्पर्धाको महायज्ञ हो ।’
शर्माले निर्वाचनको मञ्चलाई गाली गर्ने अवसरको रूपमा लिने काम गर्न नहुने बताए ।
प्रतिक्रिया


