देश अब कांग्रेसको ‘वाइवाइ’ फ्याक्ट्री जस्तै चल्नुपर्‍योः बालेन शाह

No ads found for this position
No ads found for this position

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले मुलुक हेटौँडा सिमेन्ट कारखानाजस्तै बन्द अवस्थामा पुगेको भन्दै अब चलाउनुपर्ने बताएका छन् ।

शुक्रबार चितवनमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै नेता साहले यस्तो टिप्पणी गरेका हुन् । उनले दक्ष जनशक्ति, खानि र आवश्यक औजार हुँदाहुँदै पनि हेटौँडा सिमेन्ट उद्योग बन्द गरिएको भन्दै उनले नेपाली कांग्रेसको ‘वाइवाइ’ फ्याक्ट्री जस्तै चल्नुपर्ने बताए ।

उनले बन्द रहेका सबै कारखाना सञ्चालन तथा नयाँ उद्योग स्थापना गर्ने पार्टीको योजना रहेको भन्दै घण्टी चिन्हमा मतदान गर्न आग्रह गरे ।

उनले भने, ‘हाम्रो देश हेटौँडा सिमेन्ट कारखाना जस्तै भएको छ । मेसिन पनि छ । मेन पावर पनि छ, खानि पनि छ । तर बन्द । अब चल्नुपर्‍यो । नेपाली कांग्रेसको वाईवाई फ्याक्ट्रीजस्तै चल्नुपर्‍यो अब त्यो पनि । पूरै देशभरी चल्नुपर्‍यो । बन्द भएका सबै उद्योग तथा कारखाना चलाउने पार्टी बन्न चाहन्छौँ हामी ।’

उनले पार्टी सभापति नै यहीबाट उम्मेदवार रहेको भन्दै चिन्ता नलिन समेत चितवनबासीलाई आग्रह गरे ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *