कांग्रेसले अब कुनै पनि प्रकारको आन्दोलन र विध्वंस हुन दिँदैन : सभापति थापा

No ads found for this position
No ads found for this position
सुर्खेत। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन संविधानलाई सही मार्गमा राख्नका लागि अनिवार्य सर्त भएको बताएका छन् ।
बिहीबार सुर्खेतमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले चुनाव कुनै पनि दलको योजनाअनुसार नभई वर्तमान परिस्थितिको बाध्यता भएको स्पष्ट पारे ।
उनले संविधानलाई लयमा फर्काउन निर्वाचन अपरिहार्य रहेको दोहोर्‍याउँदै परिणामको चिन्ता नगरी चुनावलाई सफल बनाउन पार्टी लागिपरेको पनि बताए । उनले केही तत्त्वहरूले निर्वाचनका विषयमा विभिन्न संशय सिर्जना गर्न खोजेको आरोप लगाए।
निर्वाचनका बारेमा सिर्जना गरिएका सबै भ्रमहरू चिर्दै तोकिएकै समयमा मतदान सम्पन्न गराउन सरकारलाई पूर्ण साथ दिने प्रतिबद्धता उनले व्यक्त गरे । उनले फागुन २१ को निर्वाचनलाई भदौ २३ र २४ का घटनासँग जोड्दै ती घटनाकै परिणामस्वरूप वर्तमान अवस्था सिर्जना भएको दाबी गरे ।
अगामी वर्षहरूमा गत भदौको जस्तो आन्दोलन नहोस् भन्ने योजनासहित कांग्रेस जनतासामु गएको जिकिर गर्दै उनले अब कुनै पनि प्रकारको आन्दोलन र विध्वंस हुन नदिने प्रतिज्ञा दोहोर्‍याए ।
उनले नेपाली कांग्रेसले जेनजी आन्दोलनको अपनत्व लिइसकेको  जिकिर गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *