भावुक हुँदै दुर्गा प्रसाईंले भने- देशलाई युक्रेनको बाटोमा लान नेपाली सेना उद्यत हुँदैछ

No ads found for this position
No ads found for this position

 

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं थुनामुक्त भएका छन् । उनि निर्वाचन भाँड्ने गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए ।

प्रसाईंलाई कारबाही गर्न निर्वाचन आयोगले प्रहरीलाई पत्राचार गरेको थियो । सोहीआधारमा प्रहरीले प्रसाईंलाई फागुन ४ गते काठमाडौंबाटै पक्राउ गरेको थियो ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंको हकमा बन्दीप्रत्यक्षीकरणको आदेश गरेको थियो । उनलाई जिल्ला प्रहरी परिसरको हिरासतमा गैरकानुनी रुपमा थुनामा राखिएको दाबीसहित उमा प्रसाईंले गतसाता सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

उनलाई मंगलबार नै छोड्न आदेश जारी भए पनि कार्यालय समयमा आवश्यक प्रक्रिया पूरा हुन नसकेपछि आज हिरासत मुक्त भएका हुन् ।

प्रसाईं हिरासत मुक्त हुनसाथ युट्यूवर भेला गराएर भाषण दिँदै आफू अहिले रुन मात्रै नसकेको र अब देश युक्रेनको बाटोमा गएको बताए ।

प्रसाईंले भने, ‘यो चुनाव भएको दिनदेखि देश युक्रेनको बाटोमा गयो । यो कुरा भन्नुपर्दाखेरि मेरो हृदय फुटेको छ । म रुन मात्रै सकेको छैन । मेरो आँखाबाट आँसु हत्तपत्ति झर्दैन । युक्रेनको बाटोमा लानलाई नेपाली सेना किन उद्यत हुँदैछ ? किन चुनाव हुनुभन्दा एक महिना अगाडिदेखि निस्किँदैछ सडकमा ?’

उनले राजा स्वयम् अब सडकमा उत्रिन सक्ने भन्दै पक्राउ गरेर देखाउन चुनौति दिए ।

प्रसाईंले भने, अब राजाले पनि हिम्मत गर्नुपर्छ । मैले राजा पनि अब बाटोमा निस्किने कुरा सुनेको छु । राजा बाटोमा निस्किँदाखेरि नि, विदेशी सेना आयो भन्न सक्दिनँ, होइन भने नेपाली सेना, नेपाली प्रहरी र जनताले दरवारभित्र लगेर गद्दीमा राखेर सलाम गर्छन् ।’

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *