‘सिलाम साक्मा’ले मानिसलाई कालबाट जोगाएजस्तै हामी देश जोगाउन चाहन्छौं : बालेन

No ads found for this position
No ads found for this position

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले नयाँ फ्याक्ट्री खोलेर चलाउन १० जना नेतालाई ढोग्नुपर्नेपर्ने अवस्था विद्यमान रहेकाले त्यस्तो अवस्था अन्त्य गर्ने बताएका छन् ।

मंगलबार रास्वपाले इटहरीमा आयोजना गरेको ‘हामी आयौं’ परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले देशकै पहिलो उद्योग कलकारखाना भएको क्षेत्रमा नयाँ फ्याक्ट्री खोलेर चलाउन १० नेतालाई ढोग्नुपर्ने अवस्था रहेको भन्दै त्यस्तो अवस्थाको अन्त्य गर्ने बताएका हुन् ।

उनले भने,‘देशकै पहिलो उद्योग कलकारखाना भएको क्षेत्र हो यो । यहाँ खाने तेलदेखि मरमसलाका फ्याक्ट्रीहरु छन् । तर जुनबेला खुले त्यसबेलादेखि नयाँ खुलेका छैनन् । नयाँ खोल्नुपर्यो भने १० नेतालाई ढोग्नुपर्छ । कर्मचारीलाई फकाउनुपर्छ । अनि बल्ल फ्याक्ट्री खुल्छ र चलाउन थालेपछि आतंक सुरु हुन्छ । अब त्यो पर्दैन् । त्यो हटाउन चाहन्छ रास्वपा ।’

उनले नेपालको ६०/७० प्रतिशत फुटबल खेलाडी पूर्वी नेपालमा उत्पादन हुने भएपनि आजसम्म खेल मैदान बनाउन वा रंगशाला बनाउन नसकिएको गुनासो गरे ।

एउटा फुटबल खेलाडी राम्रो बन्न कम्तिमा १० हजार घण्टा अभ्यास गरेको हुनुपर्ने बताउँदै उनले त्यो अभ्यास गराएर खेलाडी उत्पादन गर्ने पार्टी रास्वपा बन्ने दाबी गरे ।

‘नेपालको ६०/७० प्रतिशत फुटबल खेलाडी पूर्वबाट निस्कन्छ । तर फुटबल खेलाडी उत्पादन गर्न, खेल मैदान वा रंगशाला बनाउन सकिएको छैन् । एउटा फुटबल खेलाडी राम्रो बन्न कम्तिमा १० हजार घण्टा अभ्यास गरेको हुनुपर्छ । त्यो गराएर खेलाडी उत्पादन गर्ने पार्टी बन्छ रास्वपा’ उनले भने ।

सिलाम साक्माले मानिसलाई कालबाट जोगाए जस्तो देशलाई जोगाउने प्रतिबद्धता उनले जनाए । उनले देशभित्र सम्भावनाअनुसारकै उत्पादन बढाएर देशवासीलाई खुवाउन चाहेको पनि बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *