घरदैलोमा ईश्वर पोखरेल : विकास निर्माणका कामलाई निरन्तरता दिन्छु

No ads found for this position
No ads found for this position
काठमाडौं । नेकपा एमालेका नेता एवं काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । घरदैलोका क्रममा उनले आफ्ना योजनाहरू पनि मतदातालाई सुनाइरहेका छन् ।
मंगलबार आफ्नै निर्वाचन क्षेत्र बालुवाटारमा भेटिएका उनले आगामी राजनीतिक योजना र प्राथमिकताहरू साझा गरेका छन् ।
उनले आफू निर्वाचित भएपछि राष्ट्रिय स्तरका एजेन्डाहरूलाई अगाडि बढाउनुका साथै आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणका कामलाई सँगसँगै अगाडि बढाउने बताए ।
‘निर्वाचित भएर गइसकेपछि राष्ट्रिय स्तरका एजेन्डाहरूलाई अगाडी बढाउन भूमिका खेल्नेछु । निर्वाचन क्षेत्रभित्रका विकास निर्माणका कामलाई निरन्तरता दिनेछु । देशको सार्वभौमिकता, अखण्डता, स्वाधीनता, स्वतन्त्रता र अभिमानको पक्षमा उभिने छु । जातीय सद्भावलाई कायम राख्ने र जनतालाई सेवा प्रवाह गर्ने कार्यसूचीमा केन्द्रित रहेर अघि बढ्ने छौ,’ उनले भने ।
उनले निर्वाचन क्षेत्रसँग सम्बन्धित विकास निर्माणका योजना पनि प्रस्तुत गरे । पोखरेलले जनसम्पर्कको महत्त्वलाई पनि जोड दिँदै घरदैलो कार्यक्रमको माध्यमबाट आम नागरिकसँग प्रत्यक्ष संवाद गर्न पाउँदा खुसी लागेको सुनाए ।
उनका अनुसार, राष्ट्रिय स्तरका एजेन्डाहरूमा देशको हित र सार्वभौमिकता सुनिश्चित गर्ने निर्णयहरूमा सधैँ सक्रिय भूमिका रहनेछ भने स्थानीय विकासका कार्यहरूमा पनि निरन्तर निगरानी र पहल गर्ने पनि दोहोर्‍याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *