करण केसी र वर्षा बस्नेतले गरे विवाह

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख बलर करण केसी वैवाहिक बन्धनमा बाँधिएका छन् । केसीले युटुबर तथा पत्रकार वर्षा बस्नेत सँग विवाह गरेका हुन् ।

परिवारका सदस्य र निकट आफन्तहरूको उपस्थितिमा सम्पन्न विवाह समारोह चार दिनअघि नै भएको बताइएको छ ।

तर दुवैले सामाजिक सञ्जालमार्फत आज मात्र विवाहका तस्बिर सार्वजनिक गरेका हुन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका केसी र बस्नेतको सम्बन्धबारे क्रिकेट तथा सञ्चार क्षेत्रका साथीहरूबीच चर्चा रहँदै आएको थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *