सर्लाही ३ मा रामुपाका उम्मेदवार दाहालले कांग्रेसका खनाललाई समर्थन

No ads found for this position
No ads found for this position

सर्लाही । सर्लाही–३ बाट महेशराज दाहालले उम्मेदवारी फिर्ता लिएका छन् । उनि राष्ट्रिय मुक्ति पार्टी (रामुपा) नेपालबाट सर्लाही–३ मा उम्मेदवार थिए । उनले अब नेपाली कांग्रेसका उम्मेदवार विनोदकुमार खनाललाई समर्थन गर्ने भएका छन्।

मंगलबार बागमतीमा आयोजित कार्यक्रममा दाहालले आफू र आफ्नो टिमले अब कांग्रेसलाई सघाउने घोषणा गरे ।

जाँतो चुनावचिन्ह भएको रामुपा मधेशवादी नेता राजेन्द्र महतोको नेतृत्वमा खुलेको दल हो ।

सर्लाही–३ मा कांग्रेस, एमाले, रास्वपा र नेकपाबीच मुख्य प्रतिस्पर्धा छ । एमालेबाट हरिप्रसाद उप्रेती उम्मेदवार छन् भने नेकपाले नारायणकाजी श्रेष्ठलाई पठाएको छ । रास्वपाबाट नरेन्द्र साह कलवार उठेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *