बुथ कब्जा गर्न कसैले सक्दैन, सुरक्षाका लागि भोलेन्टियर्स फोर्स बनाउनू : ओली

No ads found for this position
No ads found for this position

झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हरेक बुथको सुरक्षा लागि कम्तीमा ३० जना भोलेन्टियर फोर्स बनाउन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

सोमबार झापामा आयोजित पार्टीको कोसी प्रदेश स्तरीय भेलामा बोल्दै उनले आसन्न निर्वाचनलाई ध्यानमा राखेर हरेक बुथको सुरक्षाका लागि पार्टीको तर्फबाट स्वयंसेवक परिचालन गर्नुपर्ने भएकाले त्यसको तयारी गर्न सिङ्गो पार्टी पङ्क्तिलाई सचेत गराए ।

ओलीले निर्वाचनमा मत सुरक्षाका लागि टोल टोलमा सुरक्षा समितिहरू बनाउन पनि पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरे । उनले स्थानीय तहमा निर्माण गरिएको भोटेन्टियर्स फोर्सहरूले पार्टीको निर्णय र निर्देशन अनुसार काम गर्ने भएकाले उनीहरूलाई सोही अनुसार परिचालन हुने वातावरण बनाउनुपर्ने स्पष्ट पारे ।

ओलीले भने, ‘गाउँ गाउँमा, टोल टोलमा सुरक्षा समितिहरू बनाउनुहोस् र नेशनल भोलेन्टियर्स फोर्स बनाउनका लागि पार्टीलाई सहयोग गर्नुस् । अर्को यो स्थानीय पार्टीले धेरै हस्तक्षेप गरेर चलाउन खोज्ने होइन । आफ्नै ढंगले जनसङ्गठनलाई चल्न दिनुपर्दछ । तर भोलेन्टियर्स फोर्सले स्थानीय पार्टीका निर्णयहरु, निर्देशनहरुसँग टकराएर काम गर्दैन । चुनावका लागि हरेक बुथमा ३० जना भोलेन्टियर कम्तीमा निर्माण गर्नुहोस् । यो कुरालाई ध्यानमा राखेर अगाडि बढ्नुहोस् ।’

ओलीले देशको सुरक्षाका लागि सुरक्षा निकायलाई सहयोग गर्न पार्टीले भोलेन्टियर्स फोर्स निर्माण गर्नुपरेको बताए ।

यस्तै उनले चुनावमा बुथ कब्जा गर्ने कल्पना कसैले नगरे हुने बताए । उनले भने, ‘मतदान गर्नको लागि कुनै अवरोध हुन हुँदैन। एमाले सधैँ अडिग रहँदै आएको छ। कसैले बुथ कब्जा गर्छु भन्छ भने त्यो कल्पना नगरेर हुन्छ। बुथ कब्जा गर्ने छुट दिइने छैन कसैले बुथ कब्जा गर्न सक्नेवाला पनि छैन।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *