बालेनले कर्णालीमा भने- कर्णालीको गरिबी बुझ्ने पार्टी बन्न चाहन्छौँ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)ले कर्णालीलाई शिवभूमिको उपमा दिँदै शिवको पाउमा पुगेर वाचापत्र सार्वजनिक गर्न पाउँदा खुसी भएको बताएका छन् ।
बिहीबार कर्णालीको सुर्खेतमा रास्वपाको चुनावी वाचापत्र सार्वजनिक समारोहमा बोल्दै बालेनले यस्तो बताएका हुन् । ‘शिव भगवानको पाउमा आएर वाचापत्र घोषणा गर्न पाउँदा खुसी छौँ,’ उनले भने ।
कर्णालीको यार्सागुम्बा विश्वभर पुग्दा जुम्लाको स्याउ देशभरी पुग्न नसकेको भन्दै रास्वपाले पुर्याउने बालेनले बताए । ‘आजको दिनमा सुनजस्तो मानिने डोल्पाको यार्सागुम्बा विश्वभरी पुग्नसक्छ,’ उनले भने, ‘तर, कर्णाली स्याउ र मार्सी चामल चितवन र झापा पुग्न सक्दैन यहाँको उत्पादनलाई देशभरी पुर्याउने पार्टी बन्न चाहन्छ, राष्ट्रिय स्वतन्त्र पार्टी ।’
‘कर्णालीको दु:ख र गरिबीलाई बेच्ने नेता धेरै आए, तर बुझ्ने नेता आएनन् । त्यो बुझ्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी,’ बालेनले भने ।


