निर्वाचन सफल पार्न सरकार तयार छ : मन्त्री श्रेष्ठ
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आसन्न निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र समावेशी तरिकाले सम्पन्न गर्न सरकार जिम्मेवार भएको लागि परेको बताएकी छन् ।
सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताईन् । मन्त्री श्रेष्ठले सो निर्वाचनका लागि आम मतदातालाई सूचित, सचेत र जिम्मेवार बनाउन मतदाता शिक्षा कार्यक्रम पनि शुरु गरिएकाले त्यसमा सहभागी पनि हुन आम मतदातालाई आग्रह गरिन् ।
उनले निर्वाचनको तयारीको कामलाई सरकार, निर्वाचन आयोग, नागरिक समाजलगायतका सबै पक्षले तिब्रताका साथ अघि बढाएको समेत स्पष्ट पारिन् । मन्त्री श्रेष्ठमा महिला मतदातको संख्या बढाउने कुरामा पनि सरकारले आवश्यक वातावरण बनाउने काम गरिरहेको बताइन्।
मन्त्री श्रेष्ठले निर्वाचनमा बालबालिकाहरुको दुरुपयोग हुन नदिन पनि सरकार सचेत रहेको बताइन् ।


