जारी विश्वकपको सबैभन्दा ठूलो उलटफेर, जिम्बाब्वेले १९ वर्षपछि अस्ट्रेलियालाई हरायो

No ads found for this position
No ads found for this position

काठमाडौं । आइसिसि टि–२० विश्वकप क्रिकेट अर्न्तगतको आजको पहिलो खेलमा जिम्बाबेले अस्ट्रेलियालाई २३ रनले पराजित गरेको छ ।

टस हारेर पहिलो ब्याटिङ गरेको जिम्बाबेले १ सय ७० रनको लक्ष्य प्रस्तुत गरेको थियो । १ सय ७१ रनको लक्ष्य लिएर ब्याटिङमा आएको अस्ट्रेलिया भने १९.३ ओभरमा १ सय ४६ रनमा समेटिएको थियो । अस्ट्रेलियाका लागि म्याट रेनश्यले ६५ रनको पारि खेले पनि जित दिलाउन सकेनन् । जिम्बाबेका लागि बलिङ तर्फ बलेसिङ मुजरबानीले ४ तथा ब्रेड इभेन्सले ३ विकेट लिए ।

त्यसअघि, पहिलो ब्याटिङ गरेको जिम्बाबेले भने ब्रेन बेनेटको ६४ रनको मदतले मात्र २ विकेटको क्षतिमा १ सय ६९ रन बनाएको थियो । अस्ट्रेलियाका लगि मार्कस स्टेनिस र कमरेन ग्रीनले समान १–१ विकेट हात पारेका थिए । यसअघि पनि जिम्बाबले अस्ट्रेलियालाई २००७ को विश्वकपमा ५ विकेटले पराजित गरेको थियो ।

अबको केही बेरमा आजको दोस्रो खेलमा संयुक्त राज्य इमिरेटस् र क्यानडा बीच खेल हुनेछ । आजको दिनको अन्तिम खेलमा सवा ७ बजे अमेरिका र नेदरल्याण्ड बीच प्रतिस्पर्धा हुनेछ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *