बङ्गलादेश आम निर्वाचनमा बीएनपीको ऐतिहासिक जितः तारिक रहमान नयाँ प्रधानमन्त्री बन्ने

No ads found for this position
No ads found for this position

काठमाडौं । बङ्गलादेशको राजनीतिक परिदृश्यमा ठूलो फेरबदल आएको छ ।

हालै सम्पन्न आम निर्वाचनमा पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा एवं बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमानको नेतृत्वमा पार्टीले भारी बहुमत प्राप्त गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार ३ सय संसदीय सिटमध्ये बीएनपीले हालसम्म २०९ सिटमा विजय हासिल गरिसकेको छ । यस जितसँगै तारिक रहमान बङ्गलादेशको आगामी प्रधानमन्त्री बन्ने पक्का भएको छ ।

देशका १२ करोड ७० लाखभन्दा बढी मतदाताहरूले बिहीवार उत्साहपूर्वक मतदान गरेका थिए । यो निर्वाचन केवल नयाँ सरकार छनोटका लागि मात्र नभई देशको भविष्य र संवैधानिक सुधारका लागि पनि महत्वपूर्ण मानिएको छ । निर्वाचनसँगै जुलाई राष्ट्रिय बडापत्र सम्बन्धी जनमत संग्रह पनि एकैसाथ आयोजना गरिएको थियो । जसले देशमा व्यापक संवैधानिक परिवर्तनको संकेत गरेको छ । यस पटकको निर्वाचनमा ५१ वटा राजनीतिक दलका १ हजार ९८१ उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका थिए ।

यद्यपि लामो समयसम्म सत्तामा रहेको शेख हसिना नेतृत्वको अवामी लिगलाई निर्वाचन आयोगले प्रतिबन्ध लगाएका कारण यस ऐतिहासिक प्रतिष्पर्धामा उनीहरूको उपस्थिति रहेन । यस परिणामले बङ्गलादेशमा नयाँ राजनीतिक युगको शुरुवात गरेको विश्लेषण गरिएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *