टि–२० विश्वकप : श्रीलंकाद्धारा ओमान १ सय ५ रनले पराजित
काठमाडौं । भारत र श्रीलंकामा जारी आइसिसि टि–२० विश्वकप अन्तर्गत आजको पहिलो खेलमा अहिले श्रीलंका १ सय ५ रनले विजयी भएको छ ।
२ सय २६ रनको लक्ष्य लिएर जबाफी ब्याटिङ गरेको ओमानले पुरै २० ओभर ब्याटिङ गरेपनि ९ विकेटको क्षतिमा मात्र १ सय २० रन बनाउन सक्यो । ओमानका लागि मोहम्मद नादिमले नटआउट ५३ रन बनाए पनि जित दिलाउन सकेनन् । बलिङ तर्पm श्रीलंकाको लागि दुश्मन चमेरा तथा महेश तीक्शनाले समान २–२ विकेट हात पारेका थिए ।
यस अघि, टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ओमानलाई २ सय २६ रनको विशाल टार्गेट प्रस्तुत गरेको थियो । श्रीलंकाको लागि कुशल मेन्डिसले ६१, पवन रत्ननायकेले ६० तथा कप्तान दशान शनाकाले ५० रनको योगदान गरेका थिए । ओमानका लागि जितेन रामानन्दीले २ तथा जय ओडेरा र सुफायन महोम्मदले समान १–१ विकेट हात पारेका थिए ।
आजको दोस्रो खेलमा नेपालले इटालीको सामना गर्नेछ भने आजको अन्तिम खेलमा भारतले नामिवियाको सामना गर्नेछ ।


