सत्ता कब्जा गर्नेहरुलाई मात्रै निर्वाचन अनिवार्य चाहिएको छ : दुर्गा प्रसाईं

No ads found for this position
No ads found for this position

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले देश जोगाउने, मुलुक जोगाउने, धर्म जोगाउने र संस्कृति जोगाउने पत्रकारिता देशमा चाहिएको बताएका छन्।

बिहीबार पत्रकार सम्मेलन गर्दै उनले सबैजना मिलेर देश जोगाउन नलागे डरलाग्दो स्थितिको सामना गर्न तयार रहनुपर्ने बताए। उनले भने, ‘हामीलाई देश वा मुलुक जोगाउने, धर्म, संस्कृति जोगाउने पत्रकारिता चाहिएको छ। अब हामी सबैजना मिलेर देश जोगाउन लागेनौं भने डरलाग्दो स्थितिको सामना गर्न तयार रहनुपर्छ।’

यसैगरी उनले अहिले विधिवत रुपमा सत्ता कब्जा गर्नेहरुलाई मात्रै निर्वाचन अनिवार्य चाहिएको बताए। उनले आज नेपालका ९० प्रतिशत जनतालाई निर्वाचन नचाहिएको बताए। बच्चा मार्नलाई प्रहरीलाई आदेश दिने रमेश लेखक र केपी ओली जति दोषी छन् त्यो बन्द कोठाभित्र बसेर सबै योजना गर्नेहरु पनि त्यति नै दोषी भएको उनको भनाइ छ।

उनले भने, ‘यदि यसपल्टको चुनाव भयो भने जेनजीको माग के थियो सिंहदरवारमा आगो लाग्यो, सर्वोच्चमा आगो लाग्यो, खै त भ्रष्टाचारीलाई कारवाही भएको? आज नेपालका ९० प्रतिशत जनतालाई निर्वाचन चाहिएको छैन। तर अहिले विधिवत रुपमा सत्ता कब्जा गर्नेहरुलाई मात्रै हो, निर्वाचन अनिवार्य चाहिएको। बच्चा मार्नलाई प्रहरीलाई आदेश दिने रमेश लेखक र केपी ओली जति दोषी छन् त्यो बन्द कोठाभित्र बसेर यो सबै योजना गर्नेहरु पनि त्यति नै दोषि होलान नि त। त्यसैले दुईवटैलाई कारवाही गर्नुपर्छ । काठमाडौंका पुर्व मेयर, सोविता गौतम लगायतका अझैं कर्तूतहरुको भिडियो म सार्वजनिक गर्छु। चुनाव हुनुभन्दा केही दिन अगाडि।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *