श्रीलंकाद्धारा ‌‌ओमान सामु २ सय २६ रनको विशाल लक्ष्य प्रस्तुत

No ads found for this position
No ads found for this position

काठमाडौं । भारत र श्रीलंकामा जारी आइसिसि टि–२० विश्वकप अन्तर्गत आजको पहिलो खेलमा अहिले श्रीलंका र ओमान बीचको खेल चलिरहेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ओमानलाई २ सय २६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

श्रीलंकाको लागि कुशल मेन्डिसले ६१, पवन रत्ननायकेले ६० तथा कप्तान दशान शनाकाले ५० रनको योगदान गरेका थिए । ओमानका लागि जितेन रामानन्दीले २ तथा जय ओडेरा र सुफायन महोम्मदले समान १–१ विकेट हात पारेका थिए । ओमानले अबको केहिबेरमा दोस्रो इनिङको खेल खेल्नेछ ।

आजको दोस्रो खेलमा नेपालले इटालीको सामना गर्नेछ भने आजको अन्तिम खेलमा भारतले नामिवियाको सामना गर्नेछ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *