कोशी, वागमती, गण्डकी र कर्णाली प्रदेशमा बर्षाको सम्भावना : मौसम विभाग

No ads found for this position
No ads found for this position

काठमाडौं । आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु / कुहिरो रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशको उच्च पहाडी र हिमाली भू–भागमा साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ र तराई भू–भागमा मुख्यतया सफा रहनेछ । कोशी, वागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा / हिमपातको सम्भावना रहेको छ ।

आज राती तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ । देशको उच्च पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *