आहारारा पोखरा गोल्डकप २५ औं संस्करणको तयारी अन्तिम चरणमा

No ads found for this position
No ads found for this position

पोखरा । मोफसलको प्रतिष्ठित नकआउट फुटबल प्रतियोगिता आहारारा पोखरा गोल्डकप २५ औं संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ ।

२७ माघबाट शुरु हुने २५औँ संस्करणमा ३ विदेशीसहित १२ टोलीले प्रतिष्पर्धा गर्ने आयोजक क्लवका अध्यक्ष केशवबहादुर थापाले आईतवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । गोल्डकपमा ‘ए’ डिभिजन, विभागीय र आयोजक गरी आठ स्वदेशी र ३ विदेशी क्लबले प्रतिष्पर्धा गर्नेछन् ।

स्वदेशी टिमहरु नेपाल एपिएफ. क्लव, नेपाल पुलिस क्लव, मछिन्द्र फुटबल क्लव, चर्च व्वाईज युनाईटेड, मनाङ मस्र्याङदी क्लव, जाउलाखेल युवा क्लव, प्लानिङ व्वाईज युनाईटेड र फ्रेण्ड्स क्लव र आयोजक सहारा क्लव पोखरा रहेका छन् । विदेशी टिमहरु आभा फुटबल क्लव उज्वेकिस्तान, थण्डरबोल्ट नर्थ युनाईटेड सिक्किम भारत, गोर्खा ईन्टरनेशनल फुटबल क्लव हङकङ रहेका छन् ।

प्रतियोगिताको सिल्भर जुब्लीको अवसरमा २५ औं संस्करण फ्लडलाइटमा खेलाइने आहारारा पोखरा गोल्डकपको आयोजक सहारा क्लव पोखराले जनाएको छ ।
क्लवले पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक गरेको छ । प्रतियोगितामा प्रथम हुने टिमले १४ लाख ११ हजार, द्वितीय पुरस्कार ७ लाख १ हजार शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै अनुशासित टिम २५ हजार, सर्वोत्कृष्ट खेलाडी पुरस्कार टेलजि इलेक्ट्रिक स्कुटर, उत्कृष्ट गोलकिपर २५ हजार, उत्कृष्ट डिफेन्स २५ हजार, उत्कृष्ट मिडफिल्ड २५ हजार, उत्कृष्ट स्टाईकर २५ हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *