नेपालमा राजसंस्था अति आवश्यक भइसक्योः रविन्द्र मिश्र
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रविन्द्र मिश्रले नेपालमा राजसंस्था अतिआवश्यक भईसकेको दाबी गरेका छन् ।
आईतवार काठमाडौंका पार्टीको उम्मेदवारहरुको साक्षात्कार कार्यक्रममा बोल्दै उनले सो जिकिर गरेका हुन् । वरिष्ठ उपाध्यक्ष मिश्रले सबै जातजाति, भाषाभाषी, धर्म संस्कृति, पार्टी, गुट, व्यक्ति सबैलाई छहारी दिएर देशलाई अघि बढाउन मुलुकमा राजसंस्था छहारी अतिआवश्यक भएको अडान राखे ।
उनले राप्रपाले मुलुकलाई राजसंस्थासहितको शासन व्यवस्था चाहिन्छ भनेर नयाँ समझदारीमा मुलुकलाई लैजानुपर्ने धारणा राख्दै आएको र त्यसमा सहमत भएर आम मतदाताले आफ्नो पार्टीलाई मतदान गर्नुको विकल्प नरहेको समेत बताए ।
वरिष्ठ उपाध्यक्ष मिश्रले राप्रपालाई मत नदिए मुलुक फेरि पनि संकटबाट मुक्त हुने अवस्था नआउने समेत बताए ।वरिष्ठ उपाध्यक्ष मिश्रले नेपालमा राजसंस्थाको आलोचना गर्ने नेताहरुमा पनि मौनता देख्न थालिएको टिप्पणी समेत गरे ।


