हामी अरूलाई प्रधानमन्त्री बनाउँदैनौ, आफैँ प्रधानमन्त्री बनेर देशको परिवर्तन गर्छौं: कुलमान घिसिङ

No ads found for this position
No ads found for this position

काठाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले उज्यालो नेपाल पार्टी सामाजिक सञ्जाल चलाएर स्थापित भएको पार्टी नभएको बताएका छन् ।

पार्टीले जनकपुरमा सञ्चालन गरेको जनताको घरदैलो कार्यक्रममा सहभागी हुने क्रममा उनले उज्यालो नेपाल पार्टी डेलिभरीका आधारमा अर्गानिक रूपमा स्थापित भएको दाबी गरे ।

देशमा सामाजिक र आर्थिक रूपान्तरण अपरिहार्य रहेको उल्लेख गर्दै घिसिङले उज्यालो नेपाल पार्टी नै देश परिवर्तन गर्ने नेतृत्वका रूपमा अघि आउने दाबी गगे । उनले निर्वाचनपछि देशको प्रधानमन्त्री बनेर देश परिवर्तन गर्ने उल्लेख गरे ।

उनले प्रधानमन्त्रीको छनौट भाषणले नभई काम गरेको आधारमा जनताले छनोट गर्ने बताए ।

उनले भने, ‘उज्योलो नेपाल पार्टी जेनजी आन्दोलनपछि स्थापित सबैभन्दा नयाँ पार्टी हो । नयाँ ऊर्जा र जोस लिएर आएको पार्टी हो । हामी छोटो समयमा आएका छौँ । तर यो पार्टीले नै यो देशको नेतृत्व गर्नेछ । प्रधानमन्त्री हामी नै हुन्छौँ । हामी यो देशको नेतृत्व गर्न आएको हो । हामी कसैलाई प्रधानमन्त्री बनाउन आएको होइन । हामी आफैँ प्रधानमन्त्री बनेर यो देशको परिवर्तन गर्न आएका हौँ । भाषण गरेर मात्रै प्रधानमन्त्री बनिँदैन, कामले प्रधानमन्त्री बनिन्छ, जनताले छानेपछि प्रधानमन्त्री हुने हो ।’

उज्यालो नेपाल पार्टीले मधेस प्रदेशमा घरदैलो अभियान सुरु गरेको छ । अध्यक्ष घिसिङका अनुसार मधेश प्रदेशमा धेरै जनसंख्या र धेरै निर्वाचन क्षेत्र भएको महत्त्वपूर्ण प्रदेश हो, जहाँ पार्टीको सशक्त उपस्थिति रहेको छ । प्रदेशका ८ वटै जिल्लाका विभिन्न स्थानमा पार्टीका उम्मेदवार रहेको उल्लेख गर्दै उनले धेरै क्षेत्रमा प्रतिस्पर्धामा रहेको र उल्लेखनीय संख्यामा सिट जित्ने दाबी गरे।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *