बौद्धमा गरगहना चोर्नेलाई प्रहरीले गोली हानि समात्यो

No ads found for this position
No ads found for this position

काठमाडौं । सुनका गहना चोरेर फरार भएका अभियुक्त प्रेम चौधरीलाई प्रहरीले गोली हानि पक्राउ गरेको छ।

काठमाडौंको बौद्ध स्थित टुसालमा रिन्जी लामाको घरबाट १ करोड ४ लाख ५३ हजार बराबरका सुनका गहना चोरेर फरार भएका उनलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ ।

चौधरीलाई प्रहरीले गए राति नागार्जुन नगरपालिका–६ बाट गोली हानेर पक्राउ गरेको हो । चौधरी बाँकेका भएको खुलेको छ । उनको साथबाट ६५ तोला सुनसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

मंगलबार दिउँसो १२ बजेतिर थारुले टुसालस्थित रिन्जीको घरमा प्रवेश गरी गरगहना चोरेका थिए । उनका अनुसार प्रहरीमाथि खुकुरी प्रहार गरेपछि बाध्य भएर प्रहरीले गोली प्रहार गरेको थियो । अभियुक्तको खुट्टामा गोली लागेको छ ।

निजको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । एक जना प्रहरी पनि घाइते भएका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *