गुलेली-मट्याङ्ग्रा खेल्दै गरेकाहरू प्रधानमन्त्री बन्छु भन्नु हास्यास्पद: ओली

No ads found for this position
No ads found for this position

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुभवहीन व्यक्तिहरूलाई प्रधानमन्त्री बन्ने दाबी गर्नु हास्यास्पद भएको बताएका छन् । झापावासीहरूसँगको भेटघाटका क्रममा बोल्दै उनले यस्तो टिप्पणी गरे ।

ओलीले भोट हाल्ने भन्दा बढी अनुभव नभएकाहरूले देश चलाउने दाबी गर्नु हास्यास्पद रहेको बताए । देश चलाउने कुरा कुनै खेल वा ठट्टा नभएको उनको भनाइ छ । देश चलाउन दर्शन, नीति र सिद्धान्त चाहिने उनको भनाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहप्रति लक्षित गर्दै उनले एउटा पनि आम निर्वाचनको अनुभव नलिएको व्यक्ति प्रधानमन्त्री हुन्छु भनेर हिँडिरहेको टिप्पणी गरे । उनले अमेरिकासहितका देशहरूमा अनुभव भएको व्यक्तिले नै सरकार चलाइरहेको बताए ।

उनले भने, ‘एउटा आम निर्वाचन लडेको छैन, प्रधानमन्त्री हुन्छु, हुन्छ भनिदिएको छ । प्रचार गरेको छ, होहल्ला मच्चाएको छ । हो की क्या हो भनेको जस्तो पारेको छ । कतिपय यस्ता मान्छे प्रधानमन्त्री हुन्छु भनेर पनि अगाडि सरेको देखिन्छ, जोससँग काम गर्ने कुनै अनुभव छैन । केही नजानेका, गुलेली मट्याङ्ग्रा खेल्दै गरेका गुच्चा खेल्नेहरूलाई ल्याएर जिम्मा लगाइदिनुपर्ने अरे । अमेरिकामा के भनिन्छ, ८० वर्षका खलि खाएका अनुभवी त्यहाँ नेता छन् , त्यसकारण देश जोगिन्छ, देश बन्छ । नेपालमा त ७० वर्षका बुढाले देश चलाउँछ, भन्छन् । अनुभव भएकाले नै देश चलाउने हो । ’

ओलीले देश चलाउन, दर्शन, नीति र सिद्धान्त चाहिने बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *