सरकार निर्वाचन सार्ने बहाना गर्दैछ : एमाले उपाध्यक्ष थापा
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापाले सरकार निर्वाचन सार्ने उद्देश्यले बहाना खोजिरहेको आरोप लगाएका छन् ।
बुधवार राजधानी काठमाडौंमा पार्टीले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष थापाले यस्तो आरोप लगाए । उपाध्यक्ष थापाले प्रधानमन्त्री स्वयंले हिमाली जिल्लामा हिमपातको सम्भावनालाई कारण देखाउँदै निर्वाचन सार्न सकिने वा हिमाली क्षेत्रमा दोस्रो चरणमा निर्वाचन गर्न सकिने अभिव्यक्ति दिएको भन्दै सरकार निर्वाचन नगराउने दिशामा अघि बढिरहेको आरोप लगाए ।
उपाध्यक्ष थापाले निर्वाचन सार्न खोजिनु लोकतान्त्रिक प्रक्रिया विपरीत रहेको दाबी गर्दै वर्तमान सरकार अवैध र प्रायोजित ढंगबाट गठन भएको आरोप पनि लगाए ।सरकार मुलुकका प्रमुख राजनीतिक शक्तिहरुलाई समाप्त पार्दै देश जलाउनेहरुलाई स्थापित गर्न लागिरहेको आरोप पनि लगाए ।

