एमाले अझैपनि संसद पुनःस्थापनाको पक्षमा : डा. राजन भट्टराई

No ads found for this position
No ads found for this position

काठमाडौं । नेकपा एमालेका सचिव डा. राजन भट्टराईले नितिगत रूपमा एमाले अझैपनि संसद पुनःस्थापनाको पक्षमा रहेको बताएका छन् ।

प्रेस चौतारी नेपालले आयोजना गरेको संवाद कार्यक्रममा उनले एमाले संसद पुनःस्थापनाको पक्षमा रहेको बताए । संसद पुनःस्थापना भएमा मुलुकले कम जोखिममा संविधान र लोकतन्त्रलाई सहज मार्गमा फर्काउन सक्ने उनले बताए । भट्टराईले एमाले संसद पुनःस्थापनाको पक्षमा भएपनि निर्वाचनबाट नभाग्ने पनि बताए । जनतासामु गएर आफ्ना नीति, कार्यक्रम तथा विगतका योगदानका आधारमा पार्टीलाई जनताबाट अनुमोदन गराउन एमाले तयार रहेको उनको भनाई छ ।

उनले आगामी निर्वाचनलाई विवेकपूर्ण र संयमित ढंगले लिनुपर्नेमा जोड दिए । उनले आगामी निर्वाचनबाट पनि दीर्घकालीन रूपमा देशलाई स्वतन्त्र र सन्तुलित ढंगले अगाडि लैजानसक्ने नेतृत्व स्थापित हुनुपर्ने बताए । गलत निर्णयले भविष्यमा सच्याउनै नसकिने अवस्था सिर्जना हुनसक्ने उनको भनाई छ ।

उनले आगामी निर्वाचनमा एमालेले काठमाडौं उपत्यकामा उल्लेखनीय सफलता हासिल गर्ने दाबी समेत गरे । उनकाअनुसार उपत्यकाभित्रका १५ निर्वाचन क्षेत्रमध्ये अधिकांश सिटमा एमालेका उम्मेदवार विजयी हुने विश्वास पार्टीले लिएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *