सुनको मूल्य आज १४ हजार ४ सयले बढ्यो, तोलाको ३ लाख नाघ्यो
No ads found for this position
No ads found for this position
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज फेरि १४ हजार ४०० रुपैयाँले बढेको छ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १४ हजार ४०० रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य ३ लाख ४ हजार ७०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन (मंगलबार) सुन तोलाको २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
यसदिन चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार २६५ रुपैयाँले बढेको हो। मूल्य बढेसँगै प्रतितोला चाँदी ५ हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबार सोही परिमाणको चाँदी ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो।
यसअघि माघ १५ गते एक तोला सुनको मूल्य ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।
प्रतिक्रिया

