प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि ८० हजार सेना परिचालन

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाल सरकारको निर्णयअनुसार नेपाली सेनाले आजदेखि निर्वाचन सुरक्षाका लागि आफ्नो जनशक्ति परिचालन गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा प्रयोजनका आजदेखि नेपाली सेना परिचालित गरिएको हो ।

देशभरका १६५ वटै क्षेत्रको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन एकीकृत सुरक्षा योजना– २०८२ अनुरूप आजदेखि नेपाली सेनाको संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित भएका हुन् ।

नेपाली सेना देशभरिका प्रमुख सडकमा आजैबाट गस्ती सुरु गरेको छ । सेनाका अनुसार विभिन्न स्थानमा सुरक्षा बेस स्थापना गरेर पैदल गस्ती सुरु गरिएको हो ।

सुरक्षा प्रबन्धलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने योजनाअनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृतरूमपा परिचालित भएका हुन् । सुरक्षा योजना अन्तर्गत निर्वाचन प्रहरी (म्यादी प्रहरी) पनि निर्वाचन सुरक्षामा खटिइनेछन् ।

सुरक्षा योजनाअन्तर्गत नेपाल प्रहरी र निर्वाचन प्रहरी मतदानस्थलको भित्री घेराको सुरक्षामा खटिने छन् । दोस्रो तहको सुरक्षा घेरामा सशस्त्र प्रहरी बल तथा बाहिरी घेरामा नेपाली सेनाले सुरक्षा दिनेछ ।

गत मंसिर ११ गतेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेका थिए ।

नेपाली सेनाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्नेछ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *