प्रदेश संरचनामा होहल्ला भए जस्तो धेरै खर्च छैन : बालेन

No ads found for this position
No ads found for this position

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा ५ का उम्मेदवार बालेन शाहले प्रदेश संरचनामा होहल्ला भए जस्तो धेरै खर्च नरहेको बताएका छन्।

प्रदेशमा रहेका मन्त्री र सांसदले खाएको तलबले देश नडुबेको पनि उनले बताए।

‘प्रदेश संरचनामा न्यून खर्च छ, तलबमा जाने न्यून खर्च हो त्यो,’ झापा ५ को कमल गाउँपालकाका स्थानीयहरूसँग कुराकानीका क्रममा शाहले भने, ‘मन्त्री र सांसदले खाएको तलबले देश डुबेको होइन।’

शाहलाई एक जना स्थानीयले प्रदेश संरचना खारेजी गरे शिक्षा र स्वास्थ्य लगायत क्षेत्रका लागि बजेट पर्याप्त हुने कुरा गरेका थिए। त्यसको जबाफमा शाहले प्रदेश संरचनामा न्यून खर्च रहेको बताएका हुन्।

ती स्थानीयले आफू २० वर्ष खाडी मुलुक बसेर आएको र नेपालमा लगानी गर्न पैसा नबचेको कुरासमेत सुनाएका थिए।

साथै उनले शिक्षा र स्वास्थ्य पूरै नि:शुल्क गर्न नसके पनि केही सहुलियतपूर्ण बनाउन सकिन्छ कि सकिँदैन भनेर शाहलाई सोधेका थिए।

‘शिक्षा नि:शुल्क गर्ने भनेर संविधानमा त लेखियो तर बजेट छैन,’ शाहले भने, ‘खल्तीमा पैसा नहुनेले पनि शिक्षा र स्वास्थ्य पाउनुपर्‍यो, खल्तीमा पैसा हुनेले व्यापार गर्न पाउनुपर्‍यो।’

जबाफमा शाहले विपन्न विद्यार्थीलाई शिक्षामा सहयोग पनि हुँदै आएको बताएका थिए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *