चितवन जाने तयारीमा रवि , खुट्टामा आएको समस्याले हिड्डुलमा भने समस्या

No ads found for this position
No ads found for this position

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन जाने तयारी गरेका छन् ।

चितवन क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका लामिछाने खुट्टामा आएको समस्याले गर्दा घरमै आराम गरिरहेका छन् । गत माघ ५ गते जनकपुरमा भएको मधेश सभामा सम्बोधन गरेर फर्किने क्रममा उनलाई खुट्टामा चोट लागेको थियो । निर्वाचन नजिकै गर्दा रवि केही समय सम्म गुमनाम जस्तै भएपछि उनको खोजी चौर्तफी भएको थियो ।

सबैको चासो पछि रास्वपाले उनलाई घुडा मुनि चोट लागेकोले अस्पतालमा उपचारमा भइरहेको बताएको थियो । माघ १३ गते अस्पतलाल भर्ना भएका रवि तीन दिन पछि डिस्चार्ज भएका थिए । अहिले उनी घरमा नि आराम गरिहेको स्रोतले बताएको छ । रवि आज नै चितवन जाने सोचमा थिए । तर चिकित्सकले अहिले तत्काल जान नमिल्ने बताएपछि उनी रोकिएका छन् ।

तर, उनी भोलि अथवा पर्सी सम्ममा नै चितवन जान सक्ने निकट स्रोतले बताएको छ । चुनाव क्षेत्रमा गएर पनि उनी हिड्डुल गर्न सक्ने अवस्थामा भने छैनन् । तर, उनी आफ्‌नै क्षेत्रमा गएर रेस्ट गर्ने सोचमा रहेको निकट स्रोतले बताएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *