आइतबारबाट निरन्तर ओराली लागेकाे सुनकाे आज बढ्यो । कति पुग्याे ?
No ads found for this position
No ads found for this position
काठमाडौं । नेपाली बजारमा सुनको भाउ फेरि बढेको छ ।
तीन दिन निरन्तर घटिरहेको सुनको भाउ आज तोलामा ३ हजार ७ सय रुपैयाँले बढेर २ लाख ९० हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो नेपाली बजारमा सुन प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँ कायम थियो ।
त्यसतै , आज चाँदीको भाउ पनि बढेको छ । चाँदी प्रतितोला १ सय ३५ रुपैयाँले बढेर ५ हजार ३ सय ३५ रुपैयाँ कायम छ ।
हिजो चाँदी ५ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया

