विश्वकपअघि नेपालले पहिलो ‘वार्म अप म्याच’ आज यूएईसँग खेल्दै

No ads found for this position
No ads found for this position

काठमाडौँ — आईसीसी ट्ववान्टी–ट्ववान्टी विश्वकपका लागि भारतमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ ।

मुम्बईमा तयारी गरिरहेको टोली अभ्यास खेलका लागि चेन्नई पुगेको छ । त्यहाँ नेपालले यूएई र क्यान्डासँग दुईवटा वार्म अप म्याच खेल्नेछ ।

पहिलो वार्म अप म्याच अन्तर्गत नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाली समयअनुसार खेल आज साँझ ५ बजेर १५ मिनेटदेखि चेन्नईस्थित एमए चिदम्बरम रङ्गशालामा हुनेछ ।

यस्तै, नेपालले दोस्रो वार्म अप खेल बिहीबार क्यानडासँग खेल्नेछ । दुवै अभ्यास खेल विश्वकप खेलिने एमए चिदम्बरम मैदानमै आयोजना हुँदैछन्, जसले टोलीलाई मैदान र परिस्थितिसँग अभ्यस्त हुन सहयोग गर्ने अपेक्षा नेपाल क्रिकेट संघ क्यानको छ ।

नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ । नेपाल विश्वकपको समूह ‘सी’ मा रहेको छ, जहाँ दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेका छन् ।

नेपालले फेब्रुअरी १२ मा इटाली, १५ मा वेस्ट इन्डिज र १७ मा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ । समूह चरणका सबै खेल नेपालले मुम्बईमा खेल्नेछ । नेपालले यसअघि सन् २०१४ र सन् २०२४ को विश्वकप खेलेको थियो ।

विश्वकप खेल्ने नेपाली टोलीमा कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम रहेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *