आजको मौसम
काठमाडौं । आज देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मध्यम हिमपात / वर्षा तथा बाँकी हिमाली भू–भागका थोरै स्थानहरूमा मध्यम हिमपात / वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको थोरै स्थानहरू तथा कोशी, वागमती र लुम्बिनी प्रदेशका उच्च पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
आज राती देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ र गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी तराईका भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा मध्यम हिमपात / वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।


