राष्ट्रपति पौडेल आज जापान भ्रमणमा जाँदै

No ads found for this position
No ads found for this position

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज जापानको औपचारिक भ्रमणमा प्रस्थान गर्दै छन् ।

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसरमा जापान सरकारको निमन्त्रणामा यो भ्रमण हुन लागेको हो । राष्ट्रपति पौडेलले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै फेब्रुअरी १ (माघ १८ गतेदेखि २१ गते) सम्म जापानमा रहने छन् ।

भ्रमणका क्रममा उनले जापानका समकक्षी निकायहरूसँग द्विपक्षीय सम्बन्ध थप सुदृढ गर्ने, आर्थिक सहयोग, विकास परियोजना तथा सांस्कृतिक आदानप्रदानका विषयमा छलफल गर्नेछन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *