बालेन ठुटे सिङ लिएर म सँग सिँगौरी खेल्न झापा पुगेछन्: केपी ओली

No ads found for this position
No ads found for this position

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रति लक्षित गर्दै बतासे अण्डाबाट चल्ला ननिस्केको जस्तो टिप्पणी गरेका छन् ।

नेकपा एमाले ओखलढुङ्गा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको प्रतिनिधि भसा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले अहिले लडाइँ देश जलाउने की देश बनाउनेहरूको बिचमा रहेको बताए ।

शाह झापा ५ मा आफूसँग ठुटे सिङ लिएर सिँगौरी खेल्न पुगेको उनको टिप्पणी गरे ।  उनले नेकपा एमाले देश बनाउन शक्ति भएको बताउँदै देश जलाउने शक्तिहरू कहिल्यै सफल नहुने बताए।

उनले उनीहरूले देश जलाएको पनि स्वीकार गरिसकेको बताए । अराजकता मच्चाउँदै जाने की विधिको शासन, कानुनको राज बनाउँदै जाने भन्ने हिसाब आगामी निर्वाचनले गर्ने बताउनु उनको भनाइ छ ।

ओखलढुङ्गाबाट अस्मिता थापालाई विजयी गराएर पठाउनेमा आफू विश्वस्त रहेको बताउँदै अध्यक्ष ओलीले अस्मिता हार्नु एउटा ठाउँमा देश हार्नु सरह भएको जिकिर गरे ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *