कांग्रेसले नेतृत्व मात्रै होइन, सोच, संकल्प र शैली बदलेको छः गगन थापा

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसले केवल नेतृत्व मात्र परिवर्तन नभई सोच, संकल्प, शैली र काम गर्ने तरिका पनि परिवर्तन गरेको बताएका छन् ।

शनिवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ पार्टी कार्यकर्ताहरुसँगको भेटघाटका क्रममा नेतृत्वसँगै नितिमा पनि परिवर्तन गरेको बताए । उनले देश परिवर्तन गर्छु भन्नेले पहिला आफू परिवर्तन हुनुपर्ने बताए ।

देश बदल्नले औजार बदलिएमा मात्रै बदलिएको औजारले नयाँ परिणाम दिनसक्ने उनको भनाई छ । उनले आफूहरुले कांग्रेसभित्र जोखिम उठाएर पार्टीलाई रूपान्तरण गर्ने संकल्प गरिएको र त्यो सफल भएको बताए ।

सभापति थापाले अब कांग्रेसको कार्यशैली, नीति तथा त्यसबाट आउने परिणाम समेत नयाँ हुने दाबी गरे । उनकाअनुसार पार्टीले नागरिकको आह्वानलाई आत्मसात गरेको छ । विशेषगरी देश परिवर्तनको मागसहित सडकमा उत्रिएका नवयुवा तथा जेन–जी पुस्ताको भावनालाई कांग्रेसले सम्मानपूर्वक ग्रहण गरेको उनको दाबी छ ।

उनले नयाँ सोच, संकल्प, जोश र योजनासहितको कांग्रेसले देशलाई पनि सोहीअनुसार अगाडी बढाउने बताए । उनले कांग्रेसले प्रजातन्त्र, सामाजिक न्याय, समावेशिता, नागरिकको सम्मुनति, सुशासन र पारदर्शिताका विषयलाई अझ दह्रोसँग बोक्ने बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *