धनकुटामा बस दुर्घटना, ६ जना घाइते
धनकुटा । धनकुटामा यात्रुवाहक बस दुर्घटना हुदाँ ६ जना घाइते भएका छन् ।
धनकुटाको छथरजोरपाटी गाउँपालिका–२ र धनकुटा नगरपालिका १, को सीमामा पर्ने त्रिशुलेमा तेह्रथुमबाट धरानतर्फ जाँदैगरेको को. १ ख. ५१०५ नम्बरको यात्रुबस अनियन्त्रित भई सडकबाट करिब ७ मिटर तल पल्टिएर दुर्घटना भएको हो ।
प्रहरीका अनुसार बसमा करिब १५ जना रहेको यात्रु थिए । घाइतेहरुको उद्धार गरी धनकुटा–१, स्थित हिले उज्यालो सामुदायिक पोलिक्लिनिकमा उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरूमा धनकुटाको छथरजोरपाटी गाउँपालिका–५ बस्ने २८ वर्षीय मुना रुचाल, सोही ठाउँ बस्ने बालक निक्खि रुचाल, तेह्रथुमको लालीगुँरास नगरपालिका–२, बस्ने ५३ वर्षीय रेवान्तकुमार कामी, सोही स्थानका २३ वर्षीय रबिन लिम्बू, २२ वर्षीय राक लिम्बू, र सुनसरीको धरान उपमहानगरपालिका–५ बस्ने ४७ वर्षीया चन्द्रकला लिम्बू रहेका प्रहरी जनाएको छ ।
सवारी चालक सुनसरीको धरान उपमहानगरपालिका–७, बस्ने ४५ वर्षीय विष्णु थापालाई प्रहरी नियन्त्रणमा लिएको छ ।

