एमालेकाे घाेषणा पत्र फागुनकाे पहिलाे साता – महासचिव शंकर पोखरेल

No ads found for this position
No ads found for this position

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको निर्वाचन घोषणा पत्र फागुनको पहिलो हप्ता सार्वजनिक हुने बताए ।

प्रेस चौतारी नेपालले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताए । महासचिव पोखरेलले निर्वाचन आयोगको कार्यतालिकाका कारण निर्वाचनको घोषणा पत्र जारी हुने काममा ढिलाई हुन गएको पनि स्पष्ट पारे ।

महासचिव पोखरेलले निर्वाचन आयोगले निर्वाचन कार्यतालिकामा घोषणा पत्र सार्वजनिक गर्ने कुरा पछि राखेकाले निर्वाचन आचारसंहिता लाग्छ भनेर राजनीतिक दलहरुले त्यसलाई घोषणा गर्ने कामलाई पनि पछि सार्नु परेको बताए । निर्वाचन आयोगको कार्यतालिका शुरु हुने बित्तिकै एमालेले पनि निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने महासचिव पोखरेलको भनाई थियो ।

उनले भने,‘यस पटकको चुनावमा निर्वाचन आयोगले उम्मेदवारी दर्ता गरिसकेपछि प्रचारको कार्यतालिका पछाडि मात्रै दियो । त्यस अर्थमा अहिले त आन्तरिक भेटघाट मात्रै चलिराखेको छ । तर निर्वाचन प्रचार अभियान चाँही निर्वाचन आचारसंहिताका कारण सुरु हुन सकेको छैन । त्यो निर्वाचन आयोगको कार्यतालिकाको कारणले आफ्नो चुनावी घोषणा पत्र लिएर प्रचारमा जाने समय नै शुरु भएको छैन । जति बेला समय शुरु हुन्छ, त्यतिबेला नेकपा एमाले चुनावी घोषणा पत्रसहित प्रस्तुत हुन्छ । र सम्भवत हामी फागुनको पहिलो हप्तामा चुनावी घोषणा पत्र जारी गर्दछौँ । र त्यो बोकेर हामी उम्मेदवारीहरु प्रचारमा जुट्नेछन् ।’

महासचिव पोखरेलले निर्वाचन घोषणा पत्र जारी हुने बित्तिकै पार्टीका उम्मेदवारहरुले सो घोषणा पत्र जनताको माझमा पुर्याउने पनि बताए । उनले निर्वाचन घोषणा पत्र तयारीका लागि आफ्नो पार्टीले विज्ञहरुसँग परामर्श गरिसकेको पनि स्मरण गराए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *