बालेनको प्रचारमा गएका व्यक्ति अछाममा बेहोस, सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो

No ads found for this position
No ads found for this position

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौला निर्वाचन प्रचारका क्रममा अछाममा अचानक ढलेर बेहोस भएपछि उपचारको लागि काठमाडौँ ल्याइएको छ ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन) निकट रहेका छन् । बालेन सँगै उनी पनि सुदुरपश्चिम भ्रमण गएका थिए । सेनाको सहयोगमा अछाम अस्पतालमा प्रारम्भिक उपचार पश्चात थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ।

उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत​ हुँदै काठमाडौँ ल्याइएको छ । उनको अवस्था सुधारोन्मुख रहेको, श्वास–प्रश्वास सामान्य रहेको बताइएको छ। काठमाडौँस्थित ग्राण्डी अस्पतालमा थप उपचारको तयारी भइरहेको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *