सुनको मूल्य अहिलेसम्मकै महँगो, तोलाकै तीन लाख ३९ हजार पुग्यो
No ads found for this position
No ads found for this position
काठमाडौं । सुनको मुल्य आज एकैदिन तोलामा २० हजार ५०० रुपैयाँ बढेर ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार हिजो नेपाली बजारमा सुन ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसतै, चाँदीको मुल्य आज पनि बढेको छ । आज चाँदी ७ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । महासंघको अनुसार सुनचाँदीको आजको भाउ अहिले सम्मकै उच्च रहेको हो ।
प्रतिक्रिया

