गोली चलाएर प्रहरीले काठमाडौं बाट समात्यो १० लुटेरा
No ads found for this position
No ads found for this position
काठमाडौं । काठमाडौंको मुलपानीबाट प्रहरीले गोली चलाएर १० जना लुटेरलाई पक्राउ गरेको छ ।
रातिको समयमा विभिन्न व्यक्तिहरुलाई पछ्याएर गहना, नगद लगायतका सामान लुटपाट भएको भन्दै उजुरी परेपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली परिचालित भएको थियो ।
सोही टोलीले गएराति लुटपाटमा संलग्न १० व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए । पक्राउको क्रममा गोली समेत चलाउनु परेको उनले बताए ।
यस सम्बन्धी विस्तृत विवरण पछि सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया


